Logout

चर्चामा

हेपाहा र कपटीलाई साथी नबनाउ : एमाले नेता नेपाल

1.1k Shares

काडमाडौँ । नेकपा एमालेका पूर्वमहासचिव तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा शुभकामना ब्यक्त गरेका छन् । बुधबार बुद्ध जयन्ती एवं उभौली पर्वका अवसरमा शुभकामना दिँदै बुद्धले दिएको सन्देशको पालना गर्नुपर्नेमा जोड दिएका छन् । 

उनले उच्च नैतिकता, अनुशासन, न्याय र निष्ठा, निरन्तरता, इमान्दारिता, अनुशाशित शैली, पीडितहरुको पक्षधरता आदि बुद्ध दर्शनमा आधारित महत्वपूर्ण मन्त्रहरु रहेको बताएका छन् ।  बुद्ध वाणीमा भनिए जस्तै अहिंसा, शान्ति, सत्यता र सरलता सबैभन्दा महत्वपूर्ण दर्शन रहेको नेपालको भनाई छ ।

उनले भनेका छन्–‘कुनै पनि कुरालाई यत्तिकै विश्वास नगर, हेपाहा शैली भएका र कपटीलाई साथी नबनाउ, सही बाटो आलम्बन गर र आफ्नो बाटोमा निरन्तर अघि बढिराख जस्ता मार्गदर्शन महत्वपूर्ण  छन् ।’ 
नेता नेपालले हामी जन्मिएको भूमी बुद्धको जन्मभूमी,  गौतम बुद्ध जन्मिएको देश भनेर सगर्व नेपालको चिनारी दिन पाउनु हामी सबैका लागि गौरवको विषय बताउँदै बुद्धको त्याग, तपस्या, निष्ठा र ज्ञान जीवनका लागि महत्वपूर्ण मन्त्र एवं जीवन दर्शन भएको उल्लेख गरेका छन् । 


बहुधार्मिक, बहुसांस्कृतिक नेपाली समाजमा सहिष्णुता र आपसी सद्‌भाव एवं एकता कायम गर्न बुद्धमन्त्र महत्वपूर्ण हुने विश्वास लिएको छु उनले भने
बुद्ध वचनमा स्वास्थ्य र जीवनलाई महत्वपूर्ण पक्षका रुपमा उल्लेख गरिएको बताउँदै कोरोनाको दोस्रो लहरका कारण माहामारी फैलिरहेका बेला हामीले भौतिक दूरी कायम राख्दै भविष्यमा आउन सक्ने स्वास्थ्य संकटबाट मुक्त हुन सकौं भनी शुभकामना दिएका छन् । 

यस्तै किराँत समुदायको महान पर्व उभौलीको अवसरमा किराँत समुदायलाई पनि शुभकामना दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार