Logout

चर्चामा

प्रधानमन्त्री ओली शितल निवासबाट बाहिरीए

2k Shares

काठमाडौँ । विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी प्रस्तुत गर्न राष्ट्रपति कार्यालय शितल निवासमा पुग्नु केहीबेर अघि पुगेका प्रधानमन्त्री केपी शर्मा ओली शितल निवासबाट बाहिरिएका छन्।

झन्डै आधा घन्टा शितल निवासमा बिताएका प्रधानमन्त्री ओलीले नयाँ सरकारका लागि दाबी पेश गरे कि गरेनन् भन्नेबारे खुलिसकेको छैन। जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहका सांसदहरूको हस्ताक्षर बिहीबार राति नै प्रधानमन्त्रीलाई बुझाइसकेको एक सांसदले बताए।

हामीले चाहिने जति हस्ताक्षर हिजै बुझाइसकेका छौं। प्रधानमन्त्री ओली त्यही लिएर जानुभयो होला। राष्ट्रपतिले ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ होला,’ ती सांसदले भने।  

यता विपक्षी गठबन्धनबाट १४९ सांसदको हस्ताक्षर लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्रीमा दाबी पेश गर्न शितल निवास गएका छन्। उनलाई एमालेका २७ र जसपाका १३ सांसदले साथ दिएका छन्। 

देउवासहितका नेताहरू अहिले पनि शितल निवासमै छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार