Logout

चर्चामा

प्रधानमन्त्रीका लागि तयार रहन महन्थ ठाकुरलाई प्रस्ताव

653 Shares

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले अर्का अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने गृहकार्य सुरु गरेका छन् । उनीहरुले प्रधानमन्त्रीका लागि तयार रहन महन्थ ठाकुरलाई प्रस्ताव पनि पठाएका छन् । जसपा नेपालको नेतृत्वमा सरकार बनाउन काँग्रेस, माओवादी केन्द्र र एमालेका माधवकुमार नेपाल पक्षले पनि सघाउने गरी कुराकानी अगाडि बढेको अध्यक्ष भट्टराईका प्रेस सल्लाहकार एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले बताए ।

उनले भने, अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले महन्थ ठाकुरलाई प्रस्ताव पठाइसक्नु भएको छ । महन्थ ठाकुरले जसपाको नेतृत्वमा सरकार बनाउने कि ओलीलाई साथ दिने उहाँमा निर्भर छ । उहाँको जवाफको प्रतीक्षा भइरहेको छ ।’

अध्यक्षद्वय भट्टराई र यादवले आजै एमालेका नेता माधवकुमार नेपाल, काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका छन् । उनीहरु जसपा नेपालको नेतृत्वमा सरकार बनाउन सकारात्मक रहेको बताइएको छ । यद्यपि अझै छलफलहरु जारी रहेको छ ।

जसपा नेपालका एक कार्यकारिणी सदस्यका अनुसार महन्थ ठाकुर प्रधानमन्त्री हुन तयार नभए माधवकुमार नेपाललाई पनि प्रधानमन्त्रीको रुपमा अगाडि बढाउन सकिने विषयमा पनि छलफल भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार