Logout

चर्चामा

भारतमा थप १८ हजार ६९१ जनामा कोरोना संक्रमण

707 Shares

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड १२ लाख २९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ६९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड १२ लाख २९ हजार २७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार ८९० पुगेको हो । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ८ लाख ८० हजार ८८० जना संक्रमणमुक्त भएका छन् ।

अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ९० हजार ५०१ रहेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार