काठमाडौँ । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले जनताको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने बताएका छन् ।
शनिवार ट्वीटरमा एक भिडियो सन्देश जारी गर्दै नेता थापाले कोरोना महामारीसँग जुध्नका लागि मन, ध्यान, शक्ति, उर्जा र सबै संयन्त्र लगाउन आग्रह समेत गरेका छन् ।
उनले भनेका छन्, फेरि एकपटक मौका पाउनु भएको छ। अब केही दिन तपाईं अन्य सबै कुरा छोडेर मन,ध्यान,शक्ति,उर्जा, संयन्त्र सवै महामारीसँग जुध्न लगाउनुहोस्। हामी पनि अबको केही समय तपाईँसँगका सवै असहमतिलाई बिसाएर जनताको जीवन रक्षा गर्न तपाईंको साथमा उभिनेछौँ।
. @PM_Nepal ज्यू,अक्सिजनको अभावमा बिरामी र तिनका आफन्तको छटपटी अनि अस्पतालहरू अत्तालिएर सेवा नै बन्द गर्न परेको हृदय विदारक अवस्था छ।कृपया यसलाई मनन गरेर अक्सिजन आपूर्ति र वितरणको गांठो फुकाउन र जनताको जीवन जोगाउन तत्काल पहल गर्न विनम्र अनुरोध गर्दछु। pic.twitter.com/9sP0YBj38S
— Gagan Thapa (@thapagk) May 11, 2021