Logout

चर्चामा

प्रधानमन्त्री ओली र नेता नेपाल पक्षीय नेताहरुबीच सिंहदरबारमा छलफल सुरु

1.4k Shares

काठमाडौं । पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल सुरु भएको छ ।  दुई नेताले अन्य नेताहरुलाई समेत सँगै राखेर छलफल गर्न लागेकाले दुवै पक्षका अन्य नेताहरु पनि सहभागी भएका छन् ।

छलफलका लागि ६ बजेको समय तय भएपनि प्रधानमन्त्री ओली पौने ६ बजेमात्र सिंहदरबार पुगेपछि छलफल सुरु भएको हो ।  छलफलमा ओली पक्षबाट ओलीसहित नेता ईश्वर पोखरेल विष्णु पौडेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादल छन् । त्यसैगरी माधव पक्षबाट माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार