456
Shares
काठमाडौं । मुलुकका केही स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश नम्बर १ र अन्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने मौसमविदले बताएका छन्।
यस बाहेकका भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
‘देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ’, महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
शुक्रबार राति पनि प्रदेश १ सहित पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहने छ।
प्रदेश नम्बर १ का साथै अन्य पहाडी भूभागका थोरै स्थानहरुमा राति मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।