Logout

चर्चामा

ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन : एमाले नेतृ झाँक्री

613 Shares

काठमाडौं । एमाले नेतृ रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमतिबिना अध्यक्ष केपी ओलीसँग झुक्न नहुने बताएकी छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भइरहेका बेला माधव नेपाल पक्षकी नेतृ झाँक्रीले ठोस प्रस्ताव विनाको संवादको अर्थ समेत नहुने बताएकी हुन् । 

ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न । आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुँदैछ । ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन’, सामाजिक सञ्जाल फेसबुकमा झाँक्रीले लेखेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार