Logout

चर्चामा

नेपाल-झलनाथलाई गाली गरेर एमाले विभाजन गरिँदै छ : एमाले नेता भुसाल

1.7k Shares

काठमाडौँ । एमाले नेता घनश्याम भुसालले माधव नेपाल र झलनाथ खनाललाई पार्टी विभाजन गर्न लागिएको बताउनुभएको छ । 

बुधबार सामाजिक सञ्जालमार्फत नेकपा विभाजन हुँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गाली गरेर पाप ढाक्ने प्रयास भएको भन्दै भुसालले अहिले खनाल र नेपाललाई गाली गरेर एमाले विभाजन गर्न लागिएको उल्लेख गर्नुभएको छ ।

 ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदै छ, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ।

विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोस्रोपटक पनि असफल भएका शक्तिहरूले चुनावका नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर आफूहरुसँग बदला लिन कस्सिएको आरोप पनि भुसालले बताए ।  ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार