Logout

चर्चामा

डीभी चिट्ठा को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

444 Shares

काठमाडौँ । अमेरिकी सरकारले प्रदान गर्ने डीभी चिट्ठाकाे नतिजा सार्वजनिक भएको छ ।

सन् २०२२ को लागि आवदेन दिएकाहरुकाे नतिजा गएराति सार्वजनिक भएको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । नतिजा थाहा पाउनको लागि dvprogram.state.gov मा गएर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्ममिती राख्नुपर्नेछ ।

छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी साइटमा नै उपलब्ध छ । दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डीभी कार्यक्रममा छनौट भएको भन्ने बेहोराको ईमेल नपठाउने भएकाले कसैले त्यस्तो इमेल पठाएमा विश्वास नगर्न पनि दूतावासले आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार