Logout

चर्चामा

प्रधानमन्त्री ओलीको पीसीआर रिपोर्ट आयो

3.1k Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । शुक्रवार प्रधानमन्त्री ओलीसहित सचिवालयका कर्मचारी र सुरक्षाकर्मी गरि १०० जना बढीको पीसीआर परीक्षण गरिएको थियो ।

शनिवार आएको रिपोर्टमा प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ आएपनि सचिवालय केहि व्यक्तिमा कोरोना पुष्टि भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली स्वकीय सचिव इन्द्र आचार्य र प्रेस सल्लाहकार सूर्य थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु यसअघि नै कोरोना संक्रमित भइसकेका थिए ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने भएसँगै १२ सय ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये हालसम्म १८ सांसदमा कोरोना पुष्टि भइसेको छ । भने संसद सचिवालयका कर्मचारी गरी हालसम्म १६० जनामा कोरोना पुष्टि भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार