Logout

चर्चामा

प्रचण्ड र देउवाबीच संवाद , ओलीको रणनीतिबारे विश्लेषण

550 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संवाद भएको छ ।

बूढानीलकण्ठ स्रोतका अनुसार सोमबार साँझ काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच करिब २० मिनेट टेलिफोन संवाद भएको थियो ।

सोमबार काँग्रेस पदाधिकारी बैठकपछि देउवा–प्रचण्डबीच भेटवार्ता हुने कार्यक्रम भए पनि काँग्रेस बैठक स्थगित भएपछि अपरान्ह टेलिफोनबाटै संवाद भएको हो ।
टेलिफोन संवादमा ओलीले विश्वासको मत लिनुको कारणबारे विश्लेषण गरिएको थियो । साथै, लुम्बिनी प्रदेशमा देखिएको राजनीतिक संकटका विषयमा पनि छलफल केन्द्रित भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार जवाफमा देउवाले मंगलबार (आज) दिउँसो २ बजेपछि बस्ने पार्टी पदाधिकारी बैठकपछि थप छलफलमा गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने कुरा सँगसँगै आगामी रणनीति तय गर्न देउवालाई प्रचण्डले आग्रह गरेको स्रोतले बतायो ।

यसैबीच आजै पार्टी पदाधिकारी तथा संसदीय फाँटका पदाधिकारी र शीर्षस्थ नेतासँग देउवाले छलफल गर्दैछन् । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री ओलीको विश्वासको मत लिने निर्णय र लुम्बिनी प्रदेशका सन्दर्भमा आजको पदाधिकारी बैठकमा छलफल हुने बताए ।

पदाधिकारी बैठकपछि देउवाले ओली इत्तर कित्तामा देखिएका राजनीतिक दलका नेताहरुसँग संवाद गर्ने बुझिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव पनि देउवासँग निरन्तर संवादमै रहेको पाइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार