Logout

चर्चामा

बदली तथा वर्षाको सम्भावना कुन क्षेत्रमा, कहाँको मौसम आज कस्तो रहन्छ?

435 Shares

काठमाडौं ।  देशभरको मौसम सोमबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू–भाग नजिक विकशित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभावका कारण मौसम बदली भएको हो ।

अहिले प्रदेश १, प्रदेश २ तथा पहाडी भू–भागका केही स्थानहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहेको छ । केही स्थानमा हुस्सु पनि लागेको छ ।

दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ।

देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ। केही स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार