Logout

चर्चामा

पुनः स्थापनापछि प्रतिनिधि सभाको पहिलो बैठक आज, सम्भावित कार्यसूचीमा ९ विषय

772 Shares

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौं अधिवेशन आजदेखि सुुरु हुुँदै छ। सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको आदेश गरेपछि प्रतिनिधिसभाको सातौं अधिवेशन बस्न लागेको हो।

यसअघि नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरेका थिए।

संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको पहिलो बैठक आह्वान गरेकी हुन्।

यसअघिका अधिवेशन जस्तै पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताले शुभकामना मन्तव्य दिने बताइएको छ।

 आजकाे प्रतिनिधि सभा बैठककाे कार्यसूची

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार