Logout

चर्चामा

पर्साको कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहाको निधन

468 Shares

वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ । अध्यक्ष कुशवाहाको ८५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।

कालिकामाई गाउँपालिका–२ भेडिहारी घर भएका अध्यक्ष कुशवाहाको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको थियो । पछिल्लो केही दिनयता वीरगञ्जस्थित डेरामा राखेर उपचार भइरहेको थियो ।

उनको छोरा नै डाक्टर हुन् । उनमा ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको परिवारका सदस्यले बताएका छन् । कालिकामाई गाउँपालिका वडा नं. ५ का अध्यक्ष पवन तिवारीका अनुसार राति २ बजेतिर अध्यक्ष कुशवाहाको अवस्था बिग्रिएको थियो ।

उनी पछिल्लो स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी पार्टीबाट गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए । पञ्चायतकालमा प्रधानपञ्च बनेका उनी ०४६ सालपछि गाविस अध्यक्ष समेत भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार