काठमाडौँ । इन्डियन प्रिमियर लिग(आइपिएल)को गएराति भएको खेलमा कोलकाता नाइटराइडर्सले जित हात पारेको छ । पञ्जाब किंग्सलाई ६ विकेट हराउँदै कोलकाताले यस सिजनमा दोस्रो जित हात पारेको हो ।
अहमेदावादस्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा कोलकाताले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको पञ्जावले गतिलो प्रदर्शन गर्न सकेन । २० ओभरमा ८ विकेट गुमाएर १२३ रन मात्र जोड्न सक्यो । १२४ रनकोल लक्ष्य पाएको कोलकाताले १६.४ ओभरमा ५ विकेट गुमाएर १२६ रन बनाउँदै जित हात पा¥यो ।
कोलकाताको जितका लाति कप्ता इओन मोर्गनले सर्वाधिक ४७ रन बनाए । उनीपछि राहुल त्रिपाठीले ४१ रन जोडे । कोलकाताका ब्याट्सम्यानहरुले खासै गतिलो ब्याटिङ गर्न सकेनन । तर लक्ष्य निकै सानो भएकाले सहजै जित हात पारे ।
पञ्जाबका लागि ४ ब्याट्सम्यानले कोलकाताको १–१ विकेट लिँदा । आन्द्रे रसेल रन आउट भए । पहिले ब्याटिङ गरेको पञ्जाबको इनिङ निकै खराब रह्यो । यस सिजनको पहिलो खेलमा बाहेक पञ्जाब खराब लयबाट गुज्रिरहेको छ ।
गएरातिको खेलमा पनि आक्रामक ब्याट्सम्यानहरुले भरिएको पञ्जाबका कुनै ब्याट्सम्यान चल्न सकेनन् । कप्तान लोकेश राहुल १९ रनमा आउट हुँदा, मयंक अग्रवालले ३१ रन बनाए ।
क्रिस गेल शून्य रनमै पेभिलियन फर्किए । निकोलस पुरनले १९, शाहरुख खानले जम्मा १३ रन जोडे । ८औँ नम्बरमा क्रिजमा आएका इङ्ल्याण्डका बलर क्रिस जोर्डनले १८ बलमा ३० रनको योगदान दिँदा पञ्जाबको हेर्न लायकको स्कोर बनेको हो ।
पञ्जाबको इनिङ ध्वस्त बनाउने क्रममा प्रसिद कृष्णले ३ विकेट लिए । सुनिल नारिन र प्यान कुम्निसले २–२ विकेट लिए । जितपछि कोलकाता ४ अंकका साथ ५औँ नम्बरमा रहँदा समान अंक भएको पञ्जाब छैटौँ नम्बरमा छ ।