508
Shares
काठमाडौं । भतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुई मजदुर बेपत्ता भएका छन् । तीनजनाको उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा फलामको काम गर्दै गर्दा फलामसहित मजदुर खसेका थिए । दुई जना त्रिशूलीमा बेपत्ता भएको र फलामले च्यापिएका तीन जनाको उद्धार गरिएको अधिकारीले जानकारी दिनु भयो ।
उद्धार गरिएकालाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गरेको र बेपत्ताको खोजी थालिएको उहाँले बताउनु भयो । निर्माणाधीन सो पुलको केही भाग चैत २४ गते भाँचिएर नदीमा खसेको थियो ।