काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले गठन गरेको नयाँ स्थायी कमिटिलाई भारद्वारहरूको थलोको संज्ञा दिएका छन्।
अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार खनाल-नेपाल समूहलाई बाहिर राखेर विस्तार गरेको स्थायी कमिटीपछि संचारकर्मीहरुसंग कुरा गर्दे खनालले भारद्वारहरूको सभाले भारद्वारहरू थप्दा के अनौठो भयो र भनि प्रतिक्रिया दिएका छन्।
‘भारद्वारहरूको सभाले नयाँ भारद्वाराहरू थप्दा केनै अनौठो भयो र,’ खनालले ओलीका यस्ता निर्णयले क्रमशः पार्टीमा पूँजिवाद हाबी भएको देखिएकोछ।’
शुक्रबार ओलीले नेकपा एमालेको स्थायी कमिटीबाट माधव नेपाल पक्षधर नेताहरू हटाइएर नयाँ सदस्य बनाएका छन्। अब एमालेको स्थायी कमिटीमा अध्यक्ष ओली,उपाध्यक्ष गौतम, महासचिव ईश्वर पोखरेलसहित रामबहादुर थापा ‘बादल’, बिष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोख्रेल, प्रदिप ज्ञवाली, लेखराज भट्ट, टोप बहादुर रायमाझी, मणि थापा, सत्यनारायण मण्डल, बिष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरूङ, रघुबीर महाशेठ, केशब बडाल र पुष्प राज कँडेल नेताहरू छन्।
यसअघि एमालेका खनाल-नेपाल पक्षीय नेताहरु झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, युवराज ज्ञवाली र मुकुन्द न्यौपाने सदस्य थिए। तर उनीहरू कसैलाई पनि स्थायी कमिटीमा समेटिएको छैन।
माओवादीबाट एमाले प्रवेश गरेकाहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी र मणि थापा एमाले स्थायी कमिटीमा समेटिएका छन्।