Logout

चर्चामा

एमाले महाधिवेशन आयोजक समितिको बैठक सुरु

686 Shares

काठमाण्डौ । नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ । 

आजको बैठकमा नेताहरुको कार्यविभाजन, स्पष्टीकरण सोधिएका खनाल-नेपाल समूहका नेताहरुले दिएका जवाफलगायत विषयमा छलफल हुने एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो। यस्तै आजको बैठक वैशाख ६ गतेकै निरन्तरता भएको उहाँको भनाइ छ ।  बिहान ११ बजे बस्ने भनिएको बैठक केहि कारणले गर्दा ढिला भएको ज्ञवालीले जानकारी दिए । 

६ गतेको बैठकले खनाल- नेपाल समूहका प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सबै नेताहरुले स्पष्टीकरण बुझाइसकेका छन् । चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने अध्यक्ष ओलीको तयारी छ ।

आफूहरुमाथि कारबाही गरेर सांसद पद खोस्न खोजेको भन्दै खनाल-नेपाल समूहले हिजो सर्वोच्च अदालतमा रिट निवेदनसमेत दर्ता गराएको छ ।
 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार