Logout

चर्चामा

पानी परेपछि टीयू मैदानमा आज हुने खेल प्रभावित

572 Shares

काठमाडौं । त्रिकोणात्मक टी 20 सिरिज अन्तर्गत अहिले कीर्तिपुरस्थित टीयू मैदानमा नेदरल्याण्ड्स र मलेसियाबिचको खेल भइहरको छ । तर पहिलो इनिङ्समै पानी परेपछि खेल रोकिएको छ ।

मलेसियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्या६ङ गरेको नेदरल्याण्ड्सले १०.२ ओभर खेल्दै ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी परेको हो ।

नेदरल्याण्ड्सले आज दुई मुख्य खेलाडी म्याक्स ओ डोड र स्कट उडवार्ड्सलाई आराम दिएको छ । जसले गर्दा मलेसियाले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइसकेको छ । नेदरल्याण्ड्सका बेन कुपर ३३ र कप्तान पिटर सिलार २९ रनमा अविजित छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार