Logout

चर्चामा

कर्फ्युको छायाँमा निर्वाचन मतदातालाई डर देखाएर भोट दबाउन खोजियो 

245 Shares

 

काठमाडौं — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न भागमा निषेधाज्ञा र कर्फ्यु लागू हुनु सामान्य सुरक्षा कदम मात्रै हो कि राजनीतिक नियतसहितको निर्णय  यही प्रश्न अहिले आम मतदाताको मनमा गुञ्जिन थालेको छ।

नेकपा एमाले ले सरकारले निर्वाचनको मुखमा कर्फ्यु लगाएर मतदातामा डर र त्रास सिर्जना गर्न खोजेको आरोप लगाएको छ। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले सरकारको यो कदमले स्वतन्त्र मतदानको वातावरण बिगारिरहेको दाबी गर्‍यो।

एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाही ले शान्ति सुरक्षाको नाममा लगाइएको निषेधाज्ञा आफैंमा सुरक्षा व्यवस्थापनको असफलता भएको बताए। “यदि राज्य सक्षम छ भने कर्फ्यु किन रु मतदाता डराएर घरमै बस्नुपर्ने अवस्था किन बनाइयो ” उनले प्रश्न गरे।

उनका अनुसार विशेषगरी मधेस–तराईका जिल्लामा लगाइएको कर्फ्युले सर्वसाधारणलाई मतदान केन्द्रसम्म पुग्नै नदिने अवस्था सिर्जना गरिरहेको छ। यस्तो वातावरणमा हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र विश्वसनीय हुन नसक्ने एमालेको ठहर छ।

एमालेले सरकारको कदमलाई नागरिकको अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेप का रूपमा व्याख्या गरेको छ। साथै, विभिन्न बहानामा चुनाव सार्न खोजिएको हल्ला फैलिएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै पार्टीले तोकिएकै मितिमा चुनाव हुनुपर्ने अडान दोहोर्‍याएको छ।

पत्रकार सम्मेलनमा एमालेले आफूलाई स्थायित्व, सुशासन र समृद्धिको भरोसायोग्य शक्ति दाबी गर्दै यसपटक ‘भोट फर चेन्ज’ होइन, ‘भोट फर नेसन’ को नारासहित जनतामा जाने घोषणा पनि गर्‍यो।

राज्यले सुरक्षा दिनुपर्ने हो कि डर देखाउनुपर्ने
निर्वाचन लोकतन्त्रको उत्सव हो कि कर्फ्युको छायाँमा सीमित हुने औपचारिकता 

यी प्रश्नको उत्तर अब मतदाताले नै दिनेछन् — मतदान केन्द्रमा, डर होइन निर्णय बोकेर।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार