206
Shares










डोलेश्वर मन्दिरमा महाशिवरात्रिका दिन भक्तजनहरूको ठूलो भीड लागेको छ। केदारनाथको शिरका रूपमा परिचित भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा आज बिहानदेखि नै दर्शनार्थीहरूको उल्लेख्य उपस्थिति देखिएको छ। हरेक वर्षझैं यस वर्ष पनि शिवरात्रिका अवसरमा टाढाटाढाबाट आएका श्रद्धालुहरूले पूजा–आराधना तथा दर्शन गर्न लामबद्ध भई भीड गरेका छन्।