Logout

चर्चामा

बंगलादेशको निर्वाचनमा बीएनपीको जीत, प्रधानमन्त्री कार्कीबाट औपचारिक बधाई

253 Shares

 

काठमाडौं । बंगलादेशमा सम्पन्न १३औं संसदीय निर्वाचनमा बंगलादेश नेसनल पार्टी ९बीएनपी० ले स्पष्ट विजय हासिल गरेपछि नेपालकी प्रधानमन्त्री सुशीला कार्की ले बंगलादेश सरकार तथा जनतालाई शुभकामना व्यक्त गरेकी छन्।

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत बीएनपीको नेतृत्व गर्दै चुनाव जिताउन सफल पार्टी अध्यक्ष तारिक रहमान लाई विशेष बधाई दिएकी हुन्। उनले लोकतान्त्रिक प्रक्रियामार्फत सम्पन्न निर्वाचनलाई बंगलादेशको राजनीतिक यात्रामा सकारात्मक मोडका रूपमा उल्लेख गरेकी छन्।

सन्देशमा प्रधानमन्त्री कार्कीले नेपाल र बंगलादेश बीचको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ नेतृत्वसँग नजिकबाट सहकार्य गर्न नेपाल इच्छुक रहेको स्पष्ट पारेकी छन्।

पूर्वप्रधानमन्त्री शेख हसिना को सरकार पतनपछि अन्तरिम प्रशासनले आयोजना गरेको यो निर्वाचनलाई बंगलादेशको लोकतान्त्रिक पुनर्संरचनाको महत्वपूर्ण अध्यायका रूपमा हेरिएको छ। राजनीतिक स्थायित्व र जनमतको सम्मानतर्फ उन्मुख यो निर्वाचनले दक्षिण एशियाली राजनीतिमा नयाँ संकेत दिएको विश्लेषकहरू बताउँछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार