Logout

चर्चामा

देउवाले भने – बहुमतको सरकारसँग निहुँ खोज्दैनौँ, प्रधानमन्त्री पदका लागि लालायित छैनौँ

593 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकारसँग आफूहरुले निहुँ नखोज्ने बताएका छन् ।

प्रधानमन्त्री पदका लागि आफूहरु लालायित नभएको भन्दै उनले बहुमतको सरकारसँग निहुँ खोजेर कुनै फाइदा नरहेको बताए ।

आफ्नै निवास बूढानीलकण्ठमा भएको कार्यक्रमम सभापति देउवाले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने बताएका हुन् ।

सभापति देउवाले वर्तमान राजनीति अस्थिर अवस्थामा रहेको भन्दै स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार