Logout

चर्चामा

प्रभु साहको प्रश्न जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद किन लम्बियो

204 Shares

 

२८ माघ, काठमाडौं – आम जनता पार्टी ९आजपा का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनका क्रममा भएका क्षति र मृत्युवारे छानबिन गर्न गठित आयोगको म्याद पटक–पटक लम्बिँदै गएकोमा प्रश्न उठाएका छन्।

वीरगंजको छपकैयामा बुधबार आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै प्रभु साहले भने, “सुशीला कार्की नेतृत्वको सरकारको कार्यकाल सकिने बेला पुगेको छ, तर आयोगको म्याद लम्बिएको छ, यसको औचित्य स्पष्ट पार्नुपर्छ। आयोगले यथाशक्य चाँडो प्रतिवेदन सार्वजनिक गर्नुपर्छ।”

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गएको थियो भने सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो। आन्दोलनपछि तत्कालीन सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको थियो।

सुरुमा आयोगलाई तीन महिनाको समय दिइएको थियो। तर काम समयमै नसकिएपछि म्याद पटक–पटक लम्बाउँदै गएको छ। पछिल्लो पटक माघ २६ गते सरकारले आयोगको म्याद २५ दिन थपेको छ। अब आयोगले फागुन २४ सम्ममा आफ्नो प्रतिवेदन सरकारमा बुझाउनुपर्नेछ।

प्रभु साहले आयोगको ढिलाइबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने र प्रतिवेदन सार्वजनिक गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार