काठमाडौं, २८ माघ – सोमबार सार्वजनिक २०२६ को ‘म्युनिख सुरक्षा रिपोर्ट’ले अमेरिकाको हालको विदेश नीतिले दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्था कमजोर पारेको चेतावनी दिएको छ।
रिपोर्टका अनुसार, अमेरिकी प्रशासनले विश्व स्वास्थ्य सङ्गठन ९ध्ज्इ० र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको छ, जसले युरोपेली राष्ट्रहरूसँगको सम्बन्धमा दरार उत्पन्न गरेको छ। युरोपेलीहरूले अमेरिकालाई अपरिचित राष्ट्रको रूपमा हेर्न थालेको रिपोर्टमा उल्लेख छ।
अमेरिकाले विश्वव्यापी व्यापारका नियम उल्लङ्घन गर्दै करिब सबै देशका सामानमा भारी भन्सार शुल्क ९औसत १५५० लगाएको छ, जुन १९३० दशकपछि सबैभन्दा उच्च दर हो।
म्युनिख सुरक्षा सम्मेलनका अध्यक्ष वोल्फगाङ इसिन्गरले युरोपेली सुरक्षा र ट्रान्सएटलान्टिक साझेदारीमा अहिलेसम्म यति धेरै प्रश्नहरू एकैसाथ उठेको कहिल्यै नदेखिएको बताए।
रिपोर्टले यस नीति परिवर्तनले अन्तर्राष्ट्रिय स्थिरता र विश्वासमा गहिरो असर परेको निष्कर्ष निकालेको छ।