Logout

चर्चामा

हंसपुरका मेयर यादवको निधनमा कांग्रेस नेताहरूले अर्पण गरे श्रद्धाञ्जली

244 Shares

 

जनकपुरधाम, २७ माघ – नेपाली कांग्रेस मधेश प्रदेशका कोषाध्यक्ष, हंसपुर नगरपालिकाका नगर प्रमुख तथा मधेश प्रदेश नगरपालिका संघका अध्यक्ष स्वर्गीय प्रदीप कुमार यादव को निधनले सबैलाई स्तब्ध बनाएको छ।

स्वर्गीय यादवको निधनको शोक व्यक्त गर्दै नेपाली कांग्रेसका शीर्ष नेताहरूले उनको निजी निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन्। यस अवसरमा मधेश प्रदेश सरकारका मुख्यमन्त्री तथा कांग्रेस मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादव, कांग्रेस नेता विमलेन्द्र निधि, महेन्द्र यादव, उपसभापति चन्द्रशेखर यादव, महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठ, सहमहामन्त्री जय नारायण प्रसाद यादव लगायतका नेताहरू उपस्थित थिए।

नेताहरूले स्वर्गीय यादवलाई नेपाली कांग्रेस र स्थानीय तहको विकासमा इमानदार, समर्पित र जनप्रिय नेतृत्वका रूपमा स्मरण गरेका छन्। मुख्यमन्त्री यादवले स्वर्गीय यादवको निधनले पार्टी, मधेश प्रदेश र स्थानीय तहले एक सक्षम, कर्मठ र दूरदर्शी नेतृत्व गुमाएको भन्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

स्वर्गीय यादवको सम्मानमा कांग्रेस मधेश प्रदेश कार्यसमितिको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको छ। बैठकले मधेश प्रदेशका आठै जिल्लाका पार्टी कार्यालयहरू एक दिन बन्द राख्ने, माघ २७ र २८ गते दुई दिन आधा झण्डा झुकाइने, शोक पुस्तिका राखिने र १३औँ दिन पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय गरेको छ।

स्वर्गीय यादवको अन्त्येष्टि यही दिनै गरिने कार्यक्रम तय गरिएको छ।

स्वर्गीय यादवको योगदान र व्यक्तित्व सदैव स्मरणीय रहनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार