Logout

चर्चामा

यसपटक चुनावको जित जनताको हातमा हुन्छ रवि लामिछाने

228 Shares


काठमाडौं, २७ माघ
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा का सभापति रवि लामिछानेले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेताभन्दा जनता नै विजयी हुने बताएका छन्।
मंगलबार नवलपरासीको परासी बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यसपटकको निर्वाचन पुरानै शैलीको नभएको स्पष्ट पारे।
उनले भने, “यसपटक चुनाव नेताले जित्ने होइन, जनताले जित्ने हो। चुनाव जितेपछि जनताले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने नेताहरूलाई अर्को चुनावमा जनताले सजाय दिनेछन्।”
लामिछानेले अब जनताले आफ्ना समस्या बोकेर नेताको ढोका ढक्ढक्याइरहनु नपर्ने धारणा पनि राखे।
उनका अनुसार जिम्मेवार नेतृत्वले आफैं जनताको बीचमा पुगेर समस्या बुझ्नुपर्छ र समाधान खोज्नुपर्छ।
“नेताले जनतालाई खोज्नु पर्छ, जनताले नेतालाई होइन,” उनले भने, “जनताको आवाज सुन्ने र काम गर्ने संस्कार नै अबको राजनीति हो।”
उनको यो भनाइलाई उपस्थित समर्थकहरूले नयाँ राजनीतिक संस्कारको संकेतका रूपमा लिएका थिए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार