Logout

चर्चामा

अदालतमा बयान फेरेपछि सरकारी साक्षीविरुद्ध नै मुद्दा अख्तियारद्वारा २४ लाख ५० हजार बिगोसहित आरोपपत्र दायर

290 Shares

 

काठमाडौं ।
सरकारी साक्षीका रूपमा अदालतमा पेस गरिएका दुई व्यक्तिले बयान फेरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ का तेजबहादुर तामाङ र सानुकान्छा तामाङलाई बिहीबार विशेष अदालतमा प्रतिवादी बनाउँदै २४ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेको हो।

उनीहरू यसअघि भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतविरुद्धको घुस मुद्दामा सरकारी साक्षी बनाइएका थिए। सोही आधारमा उनीहरूलाई सजायमा पूर्ण छुट दिइएको थियो।

तर २०८२ भदौ २३ गते विशेष अदालतमा बकपत्र दिने क्रममा उनीहरूले अनुसन्धानका बेला दिएको बयानको ठीक विपरीत बयान दिएको अख्तियारले जनाएको छ।

अनुसन्धानका क्रममा मोही जग्गा दर्ता गरिदिने बहानामा २४ लाख ५० हजार रुपैयाँ घुस दिएको पुष्टि भए पनि अदालतमा बयान फेरेपछि आयोगले उनीहरूलाई पनि प्रतिवादी कायम गरेको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा बिगो बराबरको जरिवाना मागदाबी लिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार