Logout

चर्चामा

द स्टन्ट म्यान’  निर्देशकको सनक र सिनेमाको यथार्थ–भ्रमबीचको कथा

287 Shares

 

काठमाडौं । सन् १९८० मा रिलिज भएको हलिउड फिल्म ‘द स्टन्ट म्यान’ आज पनि अर्थपूर्ण र फरक सिनेमाका रूपमा स्मरण गरिन्छ। निर्देशक रिचर्ड रस को निर्देशनमा बनेको यो फिल्मले सिनेमाभित्रको संसार, निर्देशकको अहंकार र कलाका नाममा गरिने मानवीय जोखिमलाई गहिरो रूपमा उजागर गरेको छ।

फिल्मको कथा क्यामरुन नामका एक युवकबाट सुरु हुन्छ, जो भियतनाम युद्धमा सहभागी भइसकेका पूर्वसैनिक हुन्। कथाको सुरुआतमै उनी प्रहरीबाट भागिरहेका हुन्छन्। संयोगवश उनी एउटा फिल्मको सुटिङ भइरहेको स्थानमा पुग्छन्, जहाँ स्टन्ट म्यानको दुर्घटनामा मृत्यु भइसकेको हुन्छ।

स्टन्ट म्यानको मृत्युका कारण फिल्म रोकिएला भन्ने डरमा रहेका निर्देशक एली ९पिटर ओटुल० ले क्यामरुनलाई चलाखीपूर्वक आफ्नो योजनामा समेट्छन्। प्रहरीबाट जोगाइदिने सर्तमा उनले क्यामरुनलाई मृत स्टन्ट म्यानको स्थानमा काम गर्न प्रस्ताव गर्छन्। यसरी एक भगौडा व्यक्ति अचानक हलिउडको स्टन्ट म्यान बन्न पुग्छ।

फिल्ममा निर्देशक एलीको चरित्र सबैभन्दा बलियो पक्षका रूपमा प्रस्तुत गरिएको छ। उनी आफूलाई सेटमा ‘भगवान्’ ठान्ने निर्देशक हुन्, जसले उत्कृष्ट दृश्य खिच्न अरूको ज्यान जोखिममा राख्नसमेत हिचकिचाउँदैनन्। एकातिर उनी सिनेमाप्रति गहिरो प्रेम राख्ने प्रतिभाशाली कलाकार हुन् भने अर्कोतिर निर्दयी र स्वार्थी स्वभावका व्यक्ति पनि।

फिल्मको मुख्य विषयवस्तु यथार्थ र भ्रमबीचको द्वन्द्व हो। सुटिङका क्रममा युद्धका दृश्यहरू यति वास्तविक देखाइन्छन् कि दर्शकसमेत अलमलमा पर्छन्—यो वास्तविक लडाइँ हो कि फिल्मको दृश्यरु निर्देशकले जानाजानी वास्तविकता र कल्पनाको सीमालाई मेटाइदिएका छन्।

यसैबीच कथामा प्रेमको पाटो पनि जोडिन्छ। क्यामरुन फिल्मकी मुख्य नायिका निना ९बारबरा हर्श० सँग प्रेममा पर्छन्। तर निना र निर्देशक एलीबीचको रहस्यमय सम्बन्धका कारण क्यामरुनलाई आफूविरुद्ध षड्यन्त्र भइरहेको अनुभूति हुन थाल्छ। यसले फिल्मलाई थप रोमाञ्चक बनाएको छ।

‘द स्टन्ट म्यान’ ले हलिउडको चम्किलो संसारभित्र लुकेको अहंकार र शोषणको चित्रण गरेको छ। विशेषगरी स्टन्ट म्यानजस्ता पर्दा पछाडिका कलाकारले भोग्नुपर्ने जोखिम र बेवास्तालाई फिल्मले स्पष्ट रूपमा देखाएको छ। त्यस समयमा खिचिएका स्टन्ट दृश्यहरू आजको डिजिटल प्रविधिभन्दा बढी वास्तविक र डरलाग्दा देखिन्छन्।

करिब ४५ वर्ष पुरानो यो क्लासिक फिल्म अहिले ४के अल्ट्रा एचडी प्रविधिमा पुनः रिस्टोर गरेर प्रदर्शनमा ल्याइँदैछ। यस संस्करणमा दृश्यहरू अझ सफा र उच्च गुणस्तरका हुने बताइएको छ।

‘द स्टन्ट म्यान’ मनोरञ्जन मात्र नभई शक्ति, पागलपन र मानवीय बाध्यताको कथा हो। फिल्मले अन्त्यसम्म पनि एउटा गहिरो प्रश्न उठाइरहन्छ—
के कलाका लागि कसैको जीवन जोखिममा राख्नु जायज छ 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार