240
Shares
२१ माघ, काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले संयुक्त राष्ट्र संघीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय ९यूएनओडीसी० का दक्षिण एसिया क्षेत्रीय प्रतिनिधि क्रिस्टियन होल्जसँग शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा मन्त्री अर्यालले यूएनओडीसीले लागुऔषध नियन्त्रण र सम्बन्धित क्षेत्रमा नेपाललाई दिँदै आएको सहयोगको कदर गर्दै, भविष्यमा सहकार्य अझ सुदृढ बनाउन सकिने आशा व्यक्त गरे।
यूएनओडीसीका प्रतिनिधि होल्जले पनि नेपाल सरकारसँगको सहकार्य निरन्तर जारी रहने र सरकारबाट दिइँदै आएको सहयोगको प्रशंसा गरे।
भेटमा गृह मन्त्रालयका नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, र यूएनओडीसी नेपालका प्रतिनिधिहरू उपस्थित थिए।