Logout

चर्चामा

चुनावअघि उद्योगीको माग दलको घोषणापत्रमा औद्योगिक क्षेत्र निर्माण प्राथमिकता बनोस्

230 Shares

undefinedundefined

काठमाडौं,– फागुन २१ का लागि हुने आम निर्वाचनको तयारीका बीच नेपालका उद्योगीहरूले राजनीतिक दलका घोषणापत्रमा औद्योगिक क्षेत्र निर्माण र सुरक्षित उद्योग वातावरणको स्पष्ट प्रतिबद्धता समावेश गर्नुपर्ने माग गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घका अनुसार देशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान १२।८३ प्रतिशत भए पनि उत्पादनमूलक उद्योगको योगदान ५ प्रतिशतभन्दा कम पुगेको छ। उद्योगीहरूले औद्योगिक जमिन खरिदमा समस्या, स्थानीय अवरोध, वातावरणीय नियमका कारण ढिलाइ र गत भदौमा उद्योगमाथि भएका आक्रमणले उद्योग सञ्चालन असुरक्षित भएको बताएका छन्।

उद्योगीहरूको प्रमुख मागहरूमा समावेश छन्स्

घोषणा भएका ७–८ औद्योगिक क्षेत्र ९दैजी, नौवस्ता, मोतिपुर, लक्ष्मीपुर, शक्तिखोर, मयुरधाप, दमक० का अव्यवस्थित जमिन, वन क्षेत्र प्रयोग अनुमति, र वातावरणीय अनुमतिका समस्या तुरुन्त समाधान गर्नु।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको संरचना सुधार गरी निजी क्षेत्रलाई निर्माण र सञ्चालनको जिम्मेवारी लिन सजिलो बनाउनु।

औद्योगिक सुरक्षा बल स्थापना गरी उद्योगमा सुरक्षा र अवरोध रोक्ने वातावरण तयार गर्नु।

उद्योगीहरूको अनुमान अनुसार यी काम सम्पन्न भए करिब २ हजार उद्योग स्थापना गर्न सकिनेछ र लाखौं जनतालाई रोजगारी प्राप्त हुनेछ।

उद्योगीहरूका अनुसार दलहरूले आफ्नो घोषणापत्रमा यी विषय स्पष्ट उल्लेख नगरेमा उद्योग क्षेत्रमा लगानी र रोजगारी सिर्जना प्रक्रियामा ढिलाइ हुने सम्भावना छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार