Logout

चर्चामा

एमालेले एआईद्वारा फैलाइएका भ्रामक सामग्रीविरुद्ध कारबाही माग

183 Shares

 

काठमाडौं, २१ माघ – नेकपा ९एमाले०ले पार्टीको चुनाव चिह्न परिवर्तन भएको भन्दै एआई प्रविधिबाट तयार पारिएका भ्रामक सामग्रीहरू फैलाएकोप्रति आपत्ति जनाउँदै तत्काल कानूनी कारबाहीको माग गरेको छ।

पार्टीले बुधबार केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रविधिको गैरजिम्मेवार प्रयोग र भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार विभिन्न राजनीतिक दल, उम्मेदवार र पार्टीको चुनाव चिन्हबारे भ्रम फैलाउने उद्देश्यले कलाकार र प्रविधिको दुरुपयोग भइरहेको छ।

शाहीले भने, “एमालेको चुनाव चिह्न सूर्य परिवर्तन भएको भ्रामक समाचार फैलाइएका सामग्रीप्रति हामी घोर आपत्ति जनाउँछौँ र यसको जिम्मेवारी अनुसार कानूनी कारबाही हुनुपर्ने जोडदार माग गर्दछौँ।”

पार्टीले लोकतान्त्रिक मूल्य, मर्यादा र निर्वाचन आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गरेको पनि जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार