Logout

चर्चामा

निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान प्रधानमन्त्री सुशीला कार्की

166 Shares

 

नवलपुर । आगामी निर्वाचनमा करिब ३१ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रधानमन्त्री सुशीला कार्कीले जानकारी दिएकी छन्।

मंगलबार नवलपुरमा आयोजित राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरूसँग कुराकानी गर्दै निर्वाचनका लागि ठूलो मात्रामा खर्च लाग्ने बताइन्। उनका अनुसार भौतिक पूर्वाधार, सुरक्षाको व्यवस्थापन, मतदान सामग्री, यातायात तथा दुर्गम क्षेत्रसम्म मतदाता पुर्‍याउने काममै ठूलो खर्च भइरहेको छ।

प्रधानमन्त्री कार्कीले चुनाव सर्ने कुनै सम्भावना नरहेको स्पष्ट पार्दै भनिन्,
“चुनाव किन सार्ने रु अहिले ठूलो लगानी भइसकेको छ। यो नियमित खर्च होइन, निर्वाचनका लागि मात्र हो। विभिन्न देशबाट सहयोग पनि प्राप्त भइरहेको छ।”

उनले फागुन २१ गते नै निर्वाचन सम्पन्न गराउन सरकार पूर्ण रूपमा क्रियाशील रहेको बताइन्। कुनै ठाउँमा प्राविधिक वा मौसमजन्य समस्या आए पनि दोस्रो चरणमा भए पनि निर्वाचन जसरी पनि सम्पन्न गराइने उनको भनाइ थियो।

विशेषगरी हिमाली जिल्लाहरूमा चिसो र भौगोलिक कठिनाइ देखिए मतदातालाई सवारी साधन प्रयोग गरेर भए पनि मतदान केन्द्रसम्म पुर्‍याइने प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन्।

प्रधानमन्त्रीले शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित निर्वाचन गराउन सरकार गम्भीर र सतर्क रहेको दोहोर्‍याउँदै भनिन् कि निर्वाचनपछि नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गरिनेछ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार