काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबीच प्रहरीले केही संवेदनशील निर्वाचन क्षेत्रहरूमा उच्च तहका अधिकारी परिचालन गर्ने योजना बनाएको छ। चुनावी भिडन्त हुने सम्भावना भएका जिल्ला र क्षेत्रहरूमा वरिष्ठ प्रहरी अधिकारीको नेतृत्वमा सुरक्षा व्यवस्थापन गरिनेछ।
प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार झापा, सर्लाही र दोलखा जिल्लालाई विशेष सुरक्षा चुनौती भएको जिल्लाका रूपमा चिनिएको छ। यस्ता क्षेत्रहरूमा वरिष्ठ उपरीक्षक ९एसएसपी को नेतृत्वमा सुरक्षा संयन्त्र सञ्चालन गर्ने तयारी भइरहेको छ।
झापामा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०बीच प्रतिस्पर्धा भएको र निवर्तमान सभामुख देवराज घिमिरे तथा निवर्तमान उपसभामुख इन्दिरा राना मगर पनि उम्मेदवार भएकाले सुरक्षा चुनौती बढी रहेको उल्लेख गरिएको छ।
सर्लाही–४ बाट नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह मुख्य प्रतिस्पर्धी रहेका छन्। त्यस्तै, दोलखामा एमालेका पार्वत गुरुङ, नेपाली कम्युनिस्ट पार्टीका विशाल खड्का र नेपाली कांग्रेसका अजयबाबु सिवाकोटीबीच प्रतिस्पर्धा हुने भएकोले त्यहाँ पनि उच्च तहका अधिकारीले सुपरभिजन गर्ने तयारी गरिएको छ।
डीएसपी र एसपीस्तरका अधिकारीहरू फिल्डमा परिचालन हुने र वरिष्ठ अधिकारीहरूले अनुगमन गर्ने व्यवस्था हुनेछ। आवश्यकता अनुसार एसपीले डीएसपीको नेतृत्वमा रहेका जिल्लाहरूमा थप सुरक्षा सहयोग दिने छन्।
निर्वाचन आयोगले मतदान स्थललाई तीन तहमा वर्गीकरण गरेको छ। सुरक्षा दृष्टिले चुनौतीपूर्ण मतदान स्थलहरूलाई ‘अति संवेदनशील’ भनेर चिनिन्छ। केन्द्रीय सुरक्षा समितिको अनुमोदन अनुसार निर्वाचनमा ७३ हजार प्रहरी, ३१ हजार सशस्त्र प्रहरी, ७९ हजार सेना तथा २ हजार राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिनेछन्।
निर्वाचन सुरक्षा संयन्त्रको उद्देश्य मतदाताको सुरक्षा