Logout

चर्चामा

राष्ट्रिय सभाबाट तीन महत्वपूर्ण अध्यादेश सर्वसम्मत पारित

259 Shares

 

काठमाडौं । राष्ट्रिय सभाले तीन वटा महत्वपूर्ण अध्यादेशलाई सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। सोमबार सिंहदरबारमा बसेको बैठकले मतदाता नामावली ऐन संशोधन अध्यादेश, निर्वाचन ९पहिलो संशोधन० अध्यादेश र नेपाल विशेष सेवा ऐन ९दोस्रो संशोधन० अध्यादेश पारित गरेको हो।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले ती अध्यादेशहरू स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो, जसलाई सभाले कुनै विरोध बिना अनुमोदन गर्‍यो।

यसै बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले अध्यागमन ऐन, २०४९ तथा सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन–२०८२ सभामा पेश गर्नुभयो।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन–२०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।

राष्ट्रिय सभाको अर्को बैठक माघ २३ गते ९शुक्रबार बस्ने गरी तय गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार