Logout

चर्चामा

स्कटल्यान्ड महिला टोली आईसीसी टी–२० विश्वकपमा छनोट

305 Shares

 

काठमाडौं, १८ माघ — स्कटल्यान्डले आईसीसी महिला टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको छ। ग्लोबल छनोट अन्तर्गत आइतबार सम्पन्न निर्णायक खेलमा अमेरिकालाई ४१ रनले पराजित गर्दै स्कटल्यान्डले विश्वकपको टिकट काटेको हो।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डले पहिले ब्याटिङ गर्दै २० ओभरमा १७८ रन बनाएको थियो। उक्त लक्ष्य पछ्याएको अमेरिका १९ ओभरमै १३७ रनमा समेटियो र स्कटल्यान्डले सहज जित निकाल्यो।

समूह चरणबाट दुई अंकसहित सुपर सिक्समा प्रवेश गरेको स्कटल्यान्डले त्यहाँ खेलेका तीनमध्ये दुई खेल जित्दै कुल ६ अंक जोड्न सफल भयो। यही प्रदर्शनका आधारमा टोली विश्वकपका लागि छनोट भएको हो।

आइतबार नै भएको अर्को खेलमा आयरल्यान्डले थाइल्यान्डलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएको छ। यसअघि नै सबै खेल जितेको बंगलादेश र नेदरल्यान्ड्स पनि छनोट भइसकेका थिए, जसमा बंगलादेश प्रतियोगिताको च्याम्पियन बनेको थियो।

सुपर सिक्स चरणबाट अमेरिका र थाइल्यान्ड भने अगाडि बढ्न सकेनन्। घरेलु टोली नेपाल समूह चरणमै प्रतियोगिताबाट बाहिरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार