Logout

चर्चामा

प्रहरीद्वारा सेनासँग पेस्तोल सापटी माग

269 Shares

 

माघ १८, काठमाडौं – प्रतिनिधि सभा निर्वाचनको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरीले नेपाली सेनासँग साना हतियार ९पेस्तोल सापटी मागेको छ। आफ्ना मौज्दात हतियार पर्याप्त नपुगेकाले यस पटक पनि सेनासँग सहकार्यको प्रस्ताव गरिएको हो।

प्रहरी प्रधान कार्यालयका एक अधिकृतले हतियार सापटी मागिएको पुष्टि गरे पनि औपचारिक रूपमा संख्या खुलाएका छैनन्। आन्तरिक स्रोतका अनुसार करिब तीन हजार पेस्तोल मागिएको बताइएको छ।

अघिल्ला निर्वाचनमा पनि नेपाल प्रहरीले सेनाबाट सापटी हतियार लिएर परिचालन गर्दै आएको छ। विगतमा केही हतियार लुटपाट वा क्षतिग्रस्त भएका कारण यसपटक सापटी माग आवश्यक भएको प्रहरी स्रोतले जानकारी दिएका छन्।

निर्वाचनको सुरक्षाका लागि आवश्यक सबै तयारी समयमै पूरा गरिने र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न उच्च सतर्कता अपनाइनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार