Logout

चर्चामा

नेप्से सूचक घट्दा कारोबार पनि कम भयो

274 Shares

 

काठमाडौं, १८ माघ – आइतबार नेपाल स्टक एक्स्चेन्ज ९नेप्से० सूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक २७१४।०५ बाट करिब १९।८५ अंकले घटेर २६९४।२० बिन्दुमा पुगेको छ।

नेप्सेमा आइतबार ३२९ कम्पनीका २ करोड २० लाख ६० हजार कित्ता सेयर करिब ९ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भए पनि गत साता बिहीबारको तुलनामा कारोबार रकम कम देखिएको छ।

विश्लेषकहरूले भनेका छन् कि अधिकांश कम्पनीले गत आर्थिक वर्षको लाभांश वितरण सकेका कारण लगानीकर्ताले प्रतिफलको लागि लामो समय पर्खनुपर्ने भएको छ। त्यसैगरी, आगामी २१ फागुनमा हुने निर्वाचन खर्च जुटाउने उद्देश्यले सेयर बिक्री दबाब बढेकोले बजारमा नकारात्मक प्रभाव परेको बताइएको छ।

आइतबार नेप्सेमा २०१ कम्पनीको सेयर मूल्य घटेको छ, ५० कम्पनीको मूल्य बढेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ। समूहगत सूचकअनुसार, बैंकिङ (५।८७, विकास बैंक (४३।५४, वित्त (११।३०, लगानी (१।०२, जीवन बीमा (६८।३०, लघुवित्त (२८।४०, निर्जीवन बीमा (७०।५२, अन्य (२१।८९, होटल (१३२।३०, जलविद्युत् (४९।१७, उत्पादनमूलक (७१।०५ र सामूहिक लगानी कोष (०।१० अंकले घटेका छन्। यसैबीच, व्यापार समूह मात्र २०।९२ अंकले बढेको छ।

सबैभन्दा धेरै मूल्य वृद्धि मिथिला लघुवित्तको सेयरमा करिब १०५ देखिएको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १९५ घटेको छ।

नेप्सेमा घटबढ भइरहे पनि लगानीकर्ताले बजारमा सतर्क रहनुपर्ने अवस्था छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार