Logout

चर्चामा

गगन थापा भन्छन्: देउवासँग निरन्तर संवादमा छौं, पार्टी एकताबद्ध छ

282 Shares

 

१६ माघ, काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको बताएका छन्। धनुषा–४ मा कांग्रेस उम्मेदवार महेन्द्र यादवको चुनावी सभा सम्बोधन गर्दै उनले भने, “हामी अहिले पार्टीभित्र मतभेदबाट मुक्त छौं र एक ढिक्का भएर निर्वाचनमा होमिएका छौं।”

 

थापाले भने, “पार्टीको भर्खरै सम्पन्न अधिवेशनले नयाँ नेतृत्व दिएको छ। यसै क्रममा म आदरणीय शेरबहादुर देउवासँग निरन्तर विचार विमर्श गर्दैछु। केही विषयमा भिन्न दृष्टिकोण भए पनि अन्ततः हामी एउटै दिशामा एकजुट हुन्छौं।”

 

उनले २३–२४ भदौमा भएको जेनजी आन्दोलनको घटनालाई उदाहरण दिँदै कांग्रेसले आफूभित्र परिवर्तन ल्याएको बताए। थापाका अनुसार, “फागुन २१ को निर्वाचन योजनावद्ध थिएन, र भदौमा भएको आन्दोलन पनि आकस्मिक थियो। तर यसले देश चलाउने प्रणाली सुधार्नुपर्ने संकेत दिएको थियो। त्यसपछि हामीले सोच परिवर्तन गर्दै नयाँ दृष्टिकोणका साथ अघि बढेका छौं।”

 

थापाले स्पष्ट पारे कि वर्तमान कांग्रेस अब भूतपूर्व अभ्यासको तुलनामा नयाँ सोच र कार्यशैलीका साथ अघि बढिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार