1.7k
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री नियुक्त गरेकी हुन्। नेकपा माओवादी केन्द्रको सिफारिसमा बादललाई आजै राष्ट्रिय सभा सदस्यबाट हटाइएको थियो। राष्ट्रिय सभा सदस्य हटेसँगै स्वतस् गृहमन्त्री पद पनि हटेको थियो।
तर प्रधानमन्त्री ओलीले फेरि गृहमन्त्रीमा बादललाई नै निरन्तरता दिएका छन्। नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीज्यूको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापालाई मन्त्रीपदमा नियुक्ति गरी गृह मन्त्रालयको कार्यभार तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
गृहमन्त्री भएका थापालाई आज अपरान्ह ५ बजे सपथ खुवाउने कार्यक्रम छ।
हेर्नुहोस विज्ञप्ती
