Logout

चर्चामा

एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

264 Shares

काठमाडौँ- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला सुन  दुई हजार ४०० र चाँदी दुई सय ९० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख तीन हजार ८०० र त्यति नै चाँदीको मोल छ हजार ४८०  रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ४०० र त्यति नै चाँदीको मोल छ हजार १९० रुपैयाँ कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार