Logout

चर्चामा

कांग्रेस फुटबारे ओली- निर्णय स्पष्ट छ, कसैले सडकमा बहुमत पुर्‍याएँ भनेका भरमा हुन्छ ?

853 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश संकटमा परेको बेलामा कांग्रेस विभाजन हुनु दुखद भएको बताएका छन्।

एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै देशको लागि लड्नुपर्ने बेलामा अनावश्यक लडाइँ गरेर पार्टी फुटाएको टिप्पणी गरे।

उनले भने, ‘नेपाली कांग्रेस विभाजनको स्थितिमा पुग्नु दुखद हो लोकतन्त्रको लागि । कांग्रेसका नेताहरू जानिबुझीकन किन यो सब गरिरहेका छन् म आश्चर्यचकित हुन्छु, किन गरिरहेका छन् । यस्तो बेलामा देशको लागि लड्नुपर्छ कांग्रेस अनावश्यक लडाइँ गरेर पार्टी फुटाउने अवस्थामा पुगेको छ। कसले गराउँदै छ यी काम ?’


उनले कानुन र न्यायसम्मत भन्दा निर्णय स्पष्ट रहेको बताए । उनले कांग्रेसले नियमित महाधिवेशन नगरेर विशेष महाधिवेशन किन गरेको छ ? भन्दै प्रश्न गरे ।

उनले अगाडि भने, ‘चार पाँच वर्ष कति हो कार्यकाल, नियमित महाधिवेशनको मिति तोकिइसकेको थियो । बैठक कसले बोलाउने भन्ने पनि थिति होला नि? बैठक कसले बोलाउँछ, महाधिवेशन कसले बोलाउँछ? थिति होला नि त? बहुमत र अल्पमतको टुङ्गो गर्ने पनि त थिति होला। कसैले सडकमा बहुमत पुर्‍याएँ भनेका भरमा हुन्छ ?’

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार