Logout

चर्चामा

सहकारी ठगी प्रकरण : छविलाल जोशी धरौटीमा रिहा

1.8k Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा कारगारमा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी रिहा भएका छन् ।

थुनाबाहिर बस्न पाउनु भनी उनले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत, बुटवलले मिसिल पुन: जिल्लामै फिर्ता पठाउने आदेश दिएको थियो ।

आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको एकल इजलासले उनीसँग धरौटी माग गर्ने आदेश गरेको हो ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा उनी थुनामा थिए ।

उनीसँगै थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भने यही पुस ३ गते उच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार