Logout

चर्चामा

सामाजिक सञ्जालका असम्बन्धित ग्रुपमा नबस्न प्रहरीलाई हेडर्क्वाटरको निर्देशन

662 Shares

काठमाडौं । सामाजिक सञ्जालका विभिन्न असम्बन्धित ग्रुपहरुमा नबस्न प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार कार्यभार सम्हालेलगत्तै यसबारे आन्तरिक सर्कुलर गर्दै प्रहरी कर्मचारीहरुलाई त्यस्ता ग्रुपहरुमा नबस्न भनिएको छ ।

असम्बन्धित पेज तथा ग्रुपहरुमा नजोडी यसअघि पनि पटकपटक प्रहरी प्रधान कार्यालयले भन्दै आएकोमा अहिले त्यसलाई कडाई गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजीपी अबीनारायण काफ्लेले बताए ।

‘सूचना जानकारीका लागि नेपाल प्रहरीकै आफ्नै पेज, वेभसाइड,  ग्रुपहरु छँदैछन् । असम्बन्धित ग्रुपमा नजोडिन अहिले कडाइ गरेका छौं,’ प्रवक्ता काफ्लेले भने ।

प्रहरी हेडर्क्वाटरको यो निर्देशनसँगै अहिले प्रहरी कर्मचारीहरु सामाजिक सञ्जालका विभिन्न ग्रुपहरुबाट धमाधम बाहिर निस्कन थालेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार