Logout

चर्चामा

त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक, नेपालको खेल कहिले र कोसँग ?

703 Shares

काठमाडौँ ।  काठमाडौंमा शनिबार शुरु हुने त्रिकोणात्मक टी-२० सिरिजको ट्रफी सार्वजनिक भएको छ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच त्रिकोणात्मक सिरिज शुरु हुँदैछ ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लर नेदरल्याण्ड्सका कप्तान पिटर सिलर र मलेसियाका कप्तान अजिजले शुक्रबार सोल्टी होटलमा ट्रफी सार्वजनिक गरे । सिरिजका निर्देशक माधव कर्माचार्यले कोरोना भाइरस महामारीबाट जोगिन होटलदेखि मैदानसम्म सबै प्रोटोकल अपनाएको बताए ।

क्यानका महानिर्देशक रौनक मल्लले कोभिडको बेला पनि सिरिज गर्नु चुनौतीपूर्ण रहेपनि त्यसको लागि सबै मिलेर मिहिनेत गरेको बताए । सिरिजमा कोरोना भाइरस महामारीबाट जोगिन पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्ने बताए । उनले खेल हेर्ने टिकट डिजिटल प्रविधिबाट लिन सकिने बताए ।

उनले धेरै दर्शक सहभागी नगराउने र मास्क र सेनिटाइजर अनिवार्य गरिने पनि बताए ।  ‘सरकारबाट लिखित केही नआएकोले कति दर्शक प्रवेश गर्ने यकिन छैन । तर कोभिडको प्रोटोकल सबै अपनाइनेछ’ उनले भने ।

प्रतियोगितामा सहभागी हुने सबै तीनवटै देशका खेलाडीको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको पनि क्यानले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार