Logout

चर्चामा

सुन तोलाको दुई लाख ५८ हजार

1.2k Shares

काठमाडौँ ।  सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू दुई लाख ५८ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी प्रतितोला रू तीन हजार ३५० मा किनबेच हुनेछ ।

बिहीबार सुन प्रतितोला रू दुई लाख ५० हजार ९०० र चाँदी प्रतितोला रू तीन हजार २७५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा सुन आज प्रतिऔँस चार हजार ३६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार