Logout

चर्चामा

प्रचण्डलाई जनार्दनको जवाफ- कसैले काँध छोड्दैमा पृथ्वी ढल्दैन

934 Shares

काठमाडौं । नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई लक्षित गर्दै टिप्पणी गरेका छन्।

‘वर्तमान नेपाली राजनीतिको अग्रगामी रूपान्तरण’ विषयक बहसलाई सम्बोधन गर्दै शर्माले प्रचण्डले आफैँलाई राजनीतिको खाँबोका रूपमा प्रस्तुत गरेको प्रसंगलाई लिएर शेषनागले पृथ्वी बोकेको दन्त्यकथासँग तुलना गरे।

शर्माले भने, “शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन, हल्लाइदिँदा भूकम्प आउँछ भन्ने कुरा पनि दन्त्यकथा हो। विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्ने पुष्टि गरिसकेको छ। कसैले छोड्दैमा पृथ्वी ढल्दैन।”

यसअघि अध्यक्ष प्रचण्डले एक कार्यक्रममा, “सरकारको नेतृत्वमा नभए पनि देशको राजनीतिको खाँबो आफू नै भएको महसुस भएको” बताएका थिए।

शर्माले संविधानले केही प्रगति हासिल गरे पनि जनताले त्यसको प्रत्यक्ष लाभ पाउने अवस्था निर्माण गर्न नसकिएको टिप्पणी गरे। उनले अन्तरिम कालदेखि संसद्मा निरन्तर रहे पनि पछिल्लो समय कानुन निर्माण प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरे।

पछिल्लो समय प्रचण्ड र शर्माबीच सार्वजनिक कार्यक्रममा प्रश्न–जवाफको शैलीमा तर्कवितर्क देखिँदै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार