Logout

चर्चामा

रुपन्देही कारागारले भन्यो : रविलाई कुनै विभेद गरिएको छैन

1.4k Shares

काठमाडौं। रुपन्देही कारागार प्रशासनले सहकारी ठगी आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति कुनै विभेद नगरिएको प्रस्टाएको छ ।

बिहीबार साँझ कारागार प्रशासनले विज्ञप्ति जारी गर्दै रविप्रति कुनै विभेद नगरिएको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘…अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरीकन उहाँलाई पनि यस कार्यालयले सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।’

साथै प्रशासनले रविले चाहेको खण्डमा बाहिरबाट आउने व्‍यक्तिले भेट्न पाउने तथा सञ्‍चार सुविधा उपयोग गर्ने वातावरण मिलाइएको जनाएको छ ।

हेर्नुहोस् रुपन्देही कारागारले निकालेको विज्ञप्ति : 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार