News Portal Demo
images ×
  • Dashboard
  • My Favorite News
  • Change Password
  • Manage Profile
Logout
images ×
  • होमपेज
  • रिपब्लिक स्पेसल
  • राजनीति
  • अर्थ
  • विश्लेषण
  • विश्व
  • प्रशासन
  • स्थानीय तह
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • राजनीति
  • अर्थ
  • विश्लेषण
  • विश्व
  • प्रशासन
  • स्थानीय तह
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • अन्तर्वार्ता

चर्चामा

ताजा अपडेट

images

सरकारलाई एमालेको प्रश्न- कालापानी, लिपुलेक र लिम्पियाधुराबारे दृष्टिकोण के हो ?

images

इजरायली दूतावासले नेपालीहरुलाई आपतकालीन अवस्थामा सम्पर्क गर्न भन्दै दियो मोबाइल नम्बर

images

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

images

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक बस्दै

images

'न्यू इयर इभ सेलिब्रेसन २०८३' गर्दै जर्मन होम्स् होटल, साङ्गतिक कार्यक्रम देखि रुम लन्च गरिने

images

उषा खड्गीले प्रहरीमा दिइन् पूर्वपति जीपी तिमल्सिनाविरुद्ध जाहेरी

images

संसद्‌को अघिल्लो ‘रो’ खाली, मनिष झाले भने- यो चिया पसल होइन मन लागे आउने नत्र नआउने

images

ओली प्रकरणमा सर्वोच्चमा पेचिलो बहस, के आउँछ आजै फैसला?

images

अर्थमन्त्रीले भने : सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

images

सर्वदलीय बैठकमा एमालेले भन्यो– सरकारले ‘विघ्नबाधा’ ल्याए प्रतिवाद गर्छौं

adv-2
adv-2

मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री

२०८२ आषाढ ३० मंगलवार
387 Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताउनुुभएको छ ।
 
मुुस्ताङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदसहित स्थानीय तहका जनप्रतिनिधिहरूसँग सोमबार प्रधानमन्त्री निवास बालुुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सो जानकारी दिनुुभएको हो । यही असार २४ गते गोसाइँकुण्ड गाउँपालिका–२ मा आकस्मिक बाढीका कारण नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल बगाइ आवागमन बन्द भएकै दिन प्रधानमन्त्री ओलीले सो क्षेत्रको स्थलगत भ्रमण गरी वैकल्पिक मार्ग र नाका पूर्ण सञ्चालनका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुुभएको थियो । प्रधानमन्त्री ओलीले आफूूले बेनीघाट–कोराला बाटो निर्माण सुरु गरेको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुक्तिनाथको भ्रमण गराएको, मुक्तिनाथ केबलकार सञ्चालनका लागि प्रक्रिया अघि बढाएकोे, स्याउको सुपर जोन निर्माण र च्याङ्ग्रापालन आदि काममा प्राथमिकता दिएको पनि स्मरण गराउनुुभयो ।
 
प्रधानमन्त्री ओलीसँग प्रतिनिधिमण्डलले मुस्ताङको माथिल्लो भेगका लोमान्थाङ र लो–घेकार दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा सरकारले निषेधित क्षेत्र घोषणा गरी प्रतिविदेशी पर्यटक ५०० अमेरिकी डलर शुल्क उठाउँदा पर्यटकहरूमा कमी आएकाले पर्यटन रोयल्टीबारे पुनःविचार गर्न माग गरेको थियो । साथै कालीगण्डकी करिडोरको कागबेनी–कोरला सडकखण्डमा कालोपत्र गर्न र आवश्यक संरचना निर्माण गरी कोरनानाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन माग गरिएको थियो । कोराला नाकामा भन्सार, अध्यागमन, एकीकृत सुरक्षा पोष्ट, सुक्खा बन्दरगाहलगायत व्यापारिक प्रतिष्ठानका भौतिक निर्माण आवश्यक रहेको विषयमा ध्यानाकर्षण गराइएको छ ।
 
सडक र नाका पूर्ण सञ्चालन नहुँदा तथा निषेधित क्षेत्रको कार्यान्वयनका कारण माथिल्लो मुस्ताङका होटल तथा स्थानीय व्यवसायी घाटामा रहन बाध्य भएको जनप्रतिनिधिको गुनासो थियो ।प्रधानमन्त्री ओलीले ती मागहरूको सुनुुवाइका लागि सम्बन्धित निकायसँग समन्वय गर्न निजी सचिवालयलाई निर्देशन दिनुुभयो । केही दिनअघि प्रधानन्त्रीका निजीसचिव विनोदबहादुर कुँवरसहितको टोलीले कालीण्डकी करिडोरको स्थलगत अध्ययन भ्रमण गरी सडक र नाका सञ्चालनका लागि गर्नुपर्ने पहलका विषयमा प्रतिवेदन तयार गरेको थियो । प्रतिनिधिमण्डलमा सङ्घीय सांसद योगेन्द्र गौचन थकाली, लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासीन्हर्वुु गुरुङ, लोप्साङ छोम्पेल विष्टलगायत सहभागी हुनुुहुुन्थ्यो ।
 
कागबेनी–कोरला सडकखण्ड ९७ किलोमिटर कालोपत्रका लागि ठेक्का हुन बाँकी रहेको छभने तातोपानी खोला, दानाखोला, पाण्डाखोला, तान्ग्बे खोलामा पुल निर्माणमा ठेक्का तोडिएकाले पुुनः सुरु गर्नुपर्ने देखिएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा अपडेट

सरकारलाई एमालेको प्रश्न- कालापानी, लिपुलेक र लिम्पियाधुराबारे दृष्टिकोण के हो ?
इजरायली दूतावासले नेपालीहरुलाई आपतकालीन अवस्थामा सम्पर्क गर्न भन्दै दियो मोबाइल नम्बर
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक बस्दै
'न्यू इयर इभ सेलिब्रेसन २०८३' गर्दै जर्मन होम्स् होटल, साङ्गतिक कार्यक्रम देखि रुम लन्च गरिने
उषा खड्गीले प्रहरीमा दिइन् पूर्वपति जीपी तिमल्सिनाविरुद्ध जाहेरी
संसद्‌को अघिल्लो ‘रो’ खाली, मनिष झाले भने- यो चिया पसल होइन मन लागे आउने नत्र नआउने
adv-2

सम्बन्धित समाचार

सरकारलाई एमालेको प्रश्न- कालापानी, लिपुलेक र लिम्पियाधुराबारे दृष्टिकोण के हो ?

सरकारलाई एमालेको प्रश्न- कालापानी, लिपुलेक र लिम्पियाधुराबारे दृष्टिकोण के हो ?

इजरायली दूतावासले नेपालीहरुलाई आपतकालीन अवस्थामा सम्पर्क गर्न भन्दै दियो मोबाइल नम्बर

इजरायली दूतावासले नेपालीहरुलाई आपतकालीन अवस्थामा सम्पर्क गर्न भन्दै दियो मोबाइल नम्बर

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक बस्दै

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक बस्दै

सम्पर्क

  • प्रधान कार्यालय : काठमाडौं मनपा २९
  • टेलिफोन : +९७७-९८५१००९४४३
  • समाचारका लागि : khabarbaninews@gmail.com
  • कम्पनी दर्ता : १७१४४७/७४ - ७५
  • सूचना विभाग दर्ता नं : २२१०/७७-७८

हाम्रो टिम

  • अध्यक्ष : पवन प्रसाद फुयाल
  • सम्पादक : देवराज नापित

Quick Links

  • About us
  • Privacy Policy
  • Term & Conditions
  • Contact us
  • Site map

Social Media

Khabarbani

Copyright @2024 khabarbani | All rights reserved

होमपेज
ताजा अपडेट
संग्रह
Account